काठमाडौं। नायक नाजिर हुसेन र नायिका सुशीला थापाको माया पनि तौलिनु पर्ने अवस्था आएको छ। दुवैवीचको माया कति माया कति भन्ने विषय नै थाहा हुन गाह्रो छ।

त्यही थाहा नभएको मायाको गीतको वोल नै कति माया रहेको छ। जुन गीतको भिडियो सार्वजनिक भएको छ। गीतमा बरिष्ठ गीतकार अम्बिका गुरुङको शव्द तथा गायक सुमन केसी र गायिका प्रबिशा अधिकारीको सुमधुर गायन रहेको छ। संगीत भने संगीतकार बसन्त सापकोटाले भरेका छन्।

निर्देशक शान थापाको निर्देशन रहेको गीतको भिडियोलाई छायाँकार बुद्ध थापाले छायाँकन गरेका हुन् भने सुप्रिम पराजुलीले सम्पादन गरेका हुन्।

प्रकाशन मिति–२०७७ साल असार ३० गते मंगलवार ।