Late Vetran Actor Bishnu Bhakta Fuyal
Late Vetran Actor Bishnu Bhakta Fuyal

काठमाडौ। लामो भागको टेलिसिरियल अविरल बग्दछ इन्द्रावतीमा शोभितेको काकाको जीवन्त रोलमा अभिनय गर्ने तथा तितो–सत्यमा यु आर माई लब भनेर अभिनय गर्ने अग्रज रंगकर्मी कलाकार तथा अभिनेता विष्णुभक्त फुयाँलको दुःखद निधन भएको छ।

८० बर्षिय रंगकर्मी फुयाँल मंगलवार काठमाडौको जमलस्थित राष्ट्रिय नाचघरमा मञ्चन भैरहेको महर्षि याज्ञबल्क्य नामक नाटकमा अभिनय गर्दागर्दै रंगमञ्चमा अचानक ढलेपछि निधन भएको हो। उक्त नाटकमा राजा जनकको भूमिकामा अभिनय गर्दैगर्दा रंगमञ्चमा ढलेपछि तुरुन्तै उपचार्थ वीर अस्पतालमा लगिएको थियो।

महर्षि याज्ञबल्क्य नामक यही नाटकमा राजा जनकको भूमिकामा यसरी नै अभिनय गर्दागदै विष्णुभक्त फुयाँलको दुःखद निधन भएको थियो।
महर्षि याज्ञबल्क्य नामक यही नाटकमा राजा जनकको भूमिकामा यसरी नै अभिनय गर्दागदै विष्णुभक्त फुयाँलको दुःखद निधन भएको थियो।

वीर अस्पतालका चिकित्सकहरुले सांझ ६ बजेर १० मिनेट जांदा निधन भएको घोषणा गरेका छन्। विगत पाँच दशक देखि रंगमञ्च देखि टेलिसिरियल तथा दर्जनौ दर्जन चलचित्रमा अभिनय गरेर बेग्लै इमेज राख्न अत्यन्त सफल कलाकारका रुपमा फुयाँललाई लिइन्छ। फुयाँलका बाँध्यता र सहिदको सपना नामक नाट्यसंग्रह समेत प्रकाशित छन्।
प्रकाशन मिति–२०७३ साल पुस १९ गते मंगलवार ।