काठमाडौं। नामै कृष्ण–लीला भएपछि काम पनि कृष्ण–लीला हुनु पनि स्वभाविक हो। यिनै कृष्ण–लीला नामक बहुप्रतिक्षित नेपाली कथानक चलचित्रको ट्रेलर सार्वजजनिक भएको छ। युट्युव च्यानल डिएआर मुभीजमार्फत दर्शकमाझ ट्रेलर सार्वजनिक भएको हो।

झण्डै तीन मिनेट लामो ट्रेलरमा कमेडी,रोमान्स,लभ,सस्पेन्स र सेन्टिमेन्ट्सको समिश्रण देखिन्छ । दीपक ओलीको निर्देशनमा बनेको कृष्ण–लीला भदौ ३ गतेदेखि देशब्यापी प्रदर्शनमा उत्रदैछ ।

आरआर फिल्मस्को ब्यानरमा रोहित कट्टेलको प्रस्तुति र रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्ममा पुष्प खड्का र श्रद्धा क्षेत्रीका साथमा बुद्धि तामाङ,रबिन्द्र झा,भावना गुरुङ,नवीन रेग्मी,हिउँवाला गौतम,आयुषा क्षेत्री तथा बालकलाकर आयुष गुरागार्इँ मुख्य भूमिकामा छन् ।

प्रकाशन मिति–२०७९ साल असार ३२ गते शनिवार ।