काठमाडौ। नामै जय होस् भएपछि अवश्य पनि सवैको जय गर्ने पवित्र उदेश्यले स्थापना भएको जयहोस् बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सफलताको नवौं बर्ष पूरा गरेको छ। यसै सन्दर्भमा संस्थाले शनिवार भव्य तथा सभ्य समारोह वीच नवौं बार्षिक साधारण सभा संपन्न गरेको छ।

काठमाडौको मुटु न्यूरोड पाकोमा संस्थाको कार्यालय रहेको यस संस्थाको कुल शेयर पूँजी ८० लाख ८१ हजार १ सय रहेको छ। कुल सदस्य संख्य १ हजार २ सय ७४ रहेको कार्यक्रममा सूचित गरिएको छ। सदस्यहरुव्दारा गरिएको बचत रकमको उच्च प्रतिफल सहित बचत रकम सुरक्षित गर्न सफल यस संस्थाले आवश्यक पर्ने विभिन्न किसिमा कर्जाहरु न्यूनतम व्यांजमा प्रदान गरिएको पनि बताइएको छ।

कार्यक्रममा सहकारीका अध्यक्ष जीवनकाजी शाक्यले प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन कोषाध्यक्ष रविन्द्रमान शाक्यले प्रस्तुत गरेका थिए। कार्यक्रमको संचालन संस्थाको लेखा अधिकृत लजुना बज्राचार्यले गरेकी थिइन्।
प्रकाशन मिति–२०७४ साल पुष ९ गते आइतवार ।