काठमाडौं। चलचित्रको नाम नै बैना रहेको छ। चलचित्र बैनाले कतिको बैना लिने हो या दिने हो? त्यो भने यही माघ ११ गतेवाट देशभरवाट रिलिज भएपछि थाहा हुने भएको छ। यस चलचित्र बैनाको रिलिज डेट माघ ११ गते तोकिएको हो। लिङ्देन फिल्मसको व्यानरमा यस चलचित्रको निर्माण भएको छ।

चलचित्र बैनामा सुबाष मेचे, रञ्जिता लिम्बु, सुरबिर पण्डित, भुपेन्द्र लिङ्देन, राजु लिङ्देन, विश्व मुखिया, उदय सुब्बा, युमारानि लिम्बु, सन्तु मगर लगायतका कलाकारहरुको अभिनय रहेको छ।

चलचित्रमा बिकाश चौधरीको संगीत, राजु किरातिको द्धन्द, कमल राइको नृत्य रहेको छ। कथा, पटकथा, सम्बाद बिजय केरुङको रहेको चलचित्र ‘बैना’ त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको छ। दिलप्रकाश याक्सो निर्देशित चलचित्र ‘बैना’ पूर्वाञ्चलका रमणिय स्थान दमक, धनकुटा, ईलाममा छायांकन गरिएको हो।

भुपेन्द्र लिङ्देनको प्रस्तुति रहेको चलचित्र ‘बैना’लाइ हिमालि लिङ्देन, राजु लिङ्देन, धन बहादुर याक्सो, बिना पालुङ्वाले संयुक्त रुपमा निर्माण गरेका हुन्।

प्रकाशन मिति–२०७५ साल माघ ३ गते विहीवार।