काठमाडौं। ऊर्जावान युवा संगीतकार बिजेन श्रेष्ठले नायकलाई समेत गायक बनाएर बेग्लै चमत्कार गरेका छन्। संगीतकार श्रेष्ठले नायक सौगात मल्ललाई गायक बनाएर बेग्लै चमत्कार गरेका हुन्।

चाँडै प्रदर्शन हुन गैरहेको नेपाली कथानक चलचित्र घनचक्करका नायक रहेका मल्ललाई गायक बनाएर संगीतकार श्रेष्ठले नयाँ आयाम कायम गरेका छन्। घनचक्करका संगीतकार श्रेष्ठले नायक मल्ललाई गीत गाउने अफर गरेपछि चलचित्रको प्रमोसनल नेपाली गीतलाई नायक मल्लले मज्जाले गाइदिएर रौनकता नै थपिदिएका छन्।

नाटक तथा चलचित्रको अभिनयमा अब्बल दर्जाका नायक मल्लले अभिनय गर्नु र गीत गाउनु फरक विषय भएको कारण अभिनय गर्दैआएका नायकलाई गाउन प्रारम्भमा कठिन नै भएतापनि संगीतकार श्रेष्ठको प्रेरणाले सहजता मिलेको भनेका छन्।

नायक मल्लले गाएको चलचित्र घनचक्करको प्रमोसनल गीत नेपालीमा मात्र नभइकन नेवारभाषा, भोजपुरीभाषा तथा तामाङभाषामा समेत रहेको जानकारी निर्देशक श्रेष्ठले दिएका छन्।

संगीतकार श्रेष्ठलाई यतिखेर नायकलाई गायक बनाउने संगीतकार भन्न थालेका छन्। नेपाली समसामयिक संगीतको क्षेत्रमा नौला नौला कार्य गर्न रुचाउने संगीतकार श्रेष्ठको यो आयामिक कार्यको सवैले प्रशंशा नै गर्ने गरेको छ।
प्रकाशन मिति–२०७९ साल असार ७ गते मंगलवार ।