काठमाडौँ । नयाँ नायक आकाश श्रेष्ठ र नायिका वर्षा राउतको अभिनय रहेको नयाँ गीत यो जुनीमा तिम्रोको म्यूजिक भिडियो सार्वजनिक भएको छ।

गायक छवी न्यौपाने र मेलिना राईको स्वरमा सजिएको नयाँ गीतको भिडियो सार्वजनिक भएको हो। यो जुनीमा तिम्रो बोलको गीतमा गायक तथा संगीतकार किशोर शिवाकोटीको शब्द तथा संगीत शृजना रहेको छ।

गीतको भिडियोमा नायक आकाश श्रेष्ठ र नायिका वर्षा राउतबिचको प्रेम र भावी जीवनको गाथालाई बुनिएको छ। निर्देशन निर्देशक निकेश खड्काले गरेका हुन ।

प्रकाशन मिति–२०७७ साल फागुन २९ गते शनिवार ।