Ulljhana 2काठमाडौ। रूमानी सपना बोकेर बिदेशिएको युवा, उसको भोगाई र त्यसले घर समाजमा उत्पन्न परिस्थितिको बिषयबस्तु बनाएर निर्माण गरिएको चलचित्र उल्झनको नेपालको सम्पूर्ण छायांकन संपन्न भएको छ।

ध्रुब दत्त, रजनी केसी, बेनी ढुङ्गाना, दिनेश शर्मा, रामचन्द्र अधिकारी लगायतका कलाकारहरुको अभिनय रहेको छ। उक्त चलचित्रको छायांकन सकाएर बेलायतवासी नायक ध्रुव दत्त बेलायत फर्किसकेका छन्।

बेलायतवासी नायक ध्रुव दत्तले चलचित्र उलझनमा नेपाली समाजको ज्वलन्त कथा रहेको र निर्माण प्रकृयामा विशेष ध्यान दिएकोले दर्शकहरुले चलचित्र अत्यन्त मन पराउने दावी गरेका छन्।

बेल्जियममा समेत छायांकन गरिएको सो चलचित्रमा तेजेन्द्र कंडेलको प्रस्तुति र राजु अधिकारीको निर्देशन रहेको छ। अंग्रेजी नयाँ बर्षको सेरोफेरोमा बेलायत र बेल्जियमा वर्ल्ड प्रिमियर गरिने सो चलचित्रका निर्माताहरुमा नविन अधिकारी, सन्तोष अधिकारी र हरि कार्की छन्। कार्यकारी निर्मातामा नारायण ढुङ्गाना रहेका छन्।

Ulljhana 1प्रकाशन मिति–२०७४ साल भाद्र २३ गते शुक्रबार ।