लण्डन। पासवर्ड, हेल्लो जिन्दगी लगायतका सफल नेपाली चलचित्रका नायक विक्रम जोशीले बेलायतको राजधानी लण्डन देखि फ्रान्सको राजधानी पेरिससम्मको साइक्लिङ संपन्न गरेका छन्। हेल्प नेपाल नेटवर्कका बालबालिकाहरुको कल्याणकारी कोषका लागि आवश्यक रकम जुटाउन नायक जोशी सहितको टीमले साइक्लिङ संपन्न गरेको हो।

जुन अत्यन्त रोचक तथा साहसिक साइक्लिङको अनुभव भएको नायक जोशीले भिजन संसार डटकमलाई बताएका छन्। बेलायतदेखि फ्रान्ससम्मको त्यो लामो दूरीको साइक्लिङ राइट ह्याण्ड ड्राइभ भएको कारण कहिलेकाही झुक्किने भएतापनि साथीहरुको साथ र सहयोगले कुन बेला त्यतिधेरै लामो दूरी पार भएको पनि पत्तो नभएको त्यो खुशी शव्दमा व्यक्त गर्न नसकेको नायक जोशी वताउंछन्।

फ्रान्सको राजधानी पेरिस स्थित आइफल टावर पुग्दा अपार खुशीले आफूले चढेको साइकल नै उचालेर त्यहाँ विजय उत्सव मनाएको कुरा आफ्नो लागि अविस्मरणीय नै रहेको नायक जोशीले भनेका छन् । निर्माता समेत रहेका नायक जोशीका केही चलचित्र पाइप लाइनमा छन्।

समय सापेक्ष कथावस्तुमा चलचित्र वनाउने वताउने नायक जोशीकै अगुवाइमा अर्को साइक्लिङ लण्डन टु आम्सदाम २२ जुलाई शुक्रवारवाट भएको छ। जसमा नायक जोशीका साथमा अमिर कर्माचार्य, सुनिल कार्की, कस्तुभ पौड्याल, प्रसिध्द प्रधान, मनोज नारायण श्रेष्ठ, रवि रिमाल, हरिहर उपाध्याय, सुलभ पन्त र प्रकाश बासकोटाको टीम रहेको छ। यो च्यारिटी प्रोग्रामको अलावा एडभेन्चर राइडिङ पनि भएको नायक जोशीको टीमको भनाई छ