काठमाडौ। भनेको र तय भएको कार्यक्रममा बलिउड स्टार नपुग्दा त्यहाँ हंगामा हुनु स्वभाविक हो। अर्कोतर्फ ती स्टारले आउनका लागि अग्रिम भुक्तानी लिएर पनि नपुग्दा त्यस विरुद्ध क्षतिपूर्तिको मुददा हाल्दा समेत सुनुवाई नभएपछि बलिउडका एक आयोजकले विष सेवन गर्न वांध्य बनेका छन्।

ती आयोजक बलिउडका प्रमोद शर्मा हुन्। प्रमोद शर्माले बलिउडमा आयोजना गरेको इण्डिया व्युटी एण्ड फेसन अवार्ड कार्यक्रममा बलिउड स्टार सानोक्षी सिन्हाले नीजि सचिव माफर्त ३२ लाख रुपैया लिएर पनि कार्यक्रममा नपुग्दा उक्त घटना भएको हो। सोनाक्षाले अग्रिम भुक्तानी लिएर पनि कार्यक्रम स्थलमा नपुग्दा कार्यक्रममा बबाल हुनु स्वभाविक हो। जसवाट आयोजक शर्मालाई ठूलो क्षति भयो।

त्यसको विरुद्ध सोनाक्षी सहित ५ जनालाई ३२ लाखको क्षतिपूर्ति सहित प्रहरीमा उजुरी हाल्दा समेत सुनुवाइ नभएपछि शर्माले विष सेवन गरेका हुन्। ऋणभार चर्को भएपछि त्यस्तो गरेतापनि उनको मृत्यु भने हुन पाएन। समयमा नै उपचार पाएकोले मर्नवाट आयोजक शर्मा बाँच्यो। उनको उपचार भइरहेको छ।

यस घटनापछि भने प्रहरीले घटनाको छानविन गरेर सोनाक्षीसहित सबै आरोपीविरुद्ध मुद्दा दर्ता गरेर कारवाही अघि बढाएको भारतीय सञ्चारमाध्यमले जनाएको छ।


प्रकाशन मिति–२०७५ साल फागुन १३ गते सोमवार ।