काठमाडौं। नेपाली चलचित्र उद्योगकी सदावहार सुन्दरी नायिका करिश्मा मानन्धर नेकपा एमालेमा विधिवत रुपमा प्रवेश गरेकी छन्। नायिका मानन्धर मंगलवार नेकपा एमालेव्दारा आयोजित कार्यक्रममा विधिवत रुपमा प्रवेश गरेकी हुन्।

विगत ६ महिनादेखि नेकपा एमालेसंग निकट वन्दैआएकी नायिका मानन्धरले नेकपा एमालेमा प्रवेश गर्नुको पछाडि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आँट, धैर्य तथा साहस र जनचाहना नै एकमात्र एमाले भएकोले आफू यस पार्टीमा सामान्य कार्यकर्ताको रुपमा प्रवेश गरेको खुलासा गरेकी छन्।

काठमाडौंको बबरमहल स्थित कार्की ब्याङ्क्विटमा आयोजित कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नायिका मानन्धरलाई फूलमाला तथा टीका लगाइदिएर नेकपा एमालेमा विधिवत रुपमा पार्टी प्रवेश गराएका छन्।

पार्टी प्रवेश कार्यक्रममा वोल्दै नायिका मानन्धरले नेकपा एमालेले देशमा समृद्धि तथा विकास गर्ने कार्यमा अग्रता दिएको जिकिर गर्दै आफू सामान्य कार्यकर्ता भएर एमालेमा घुमिल हुन आएको वताएकी छन्। कुनैपनि सौदावाजी गरेर पार्टी प्रवेश नगरेको पनि खुलासा गरेकी छन्।

पार्टीले विश्वास गरेर गहन जिम्मेवारी दिएमा सहज तरिकाले त्यसलाई निर्वाह गर्न पछि नपर्ने पनि भनेकी छन्।
प्रकाशन मिति–२०७८ साल चैत ८ गते मंगलवार ।