Tejula Khatiwada 2काठमाडौ। नायिका तेजुला खतिवडा बिवाहबन्धनमा बाँधिएकी छन्। आज फागुण ७ गते शनिबार बिर्तामोड निवासी सुमन राज वस्नेतका साथ नायिका खतिवडाको शुभबिवाह सम्पन्न भएको हो।

वस्नेत कानून ब्यवसायी भएपनि हाल ब्यापारको सिलसिलामा जापान वस्दै आएका छन्। नायिका खतिवडाले द मोष्ट वान्टेड, जष्ट फर यु लगायतका चलचित्रमा अभिनय गरेकी छन्।

राजधानीको कुण्डलिनी दरबार ब्याङ्क्वेटमा सम्पन्न बिवाह कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका नयाँ तथा पुराना कलाकारका साथै समाजका प्रतिष्ठित ब्यक्तित्वहरुको बाँक्लो उपस्थिति रहेको थियो।

Tejula Khatiwada 1प्रकाशन मिति–२०७३ साल फागुन ७ गते शनिवार ।