काठमाडौं। कोरोनाभाइरसको कारण विश्वभर आतंक मच्चाइरहेको बर्तमान अवस्थामा नेपाल र नेपालीको लागि अत्यन्त चिन्ता गर्दै हरेकपल जस्तो भगवानसंग प्रार्थना गर्दैआएकी नायिका बर्षा शिवाकोटीले रोजगार गुमाएका ज्यालादारी मजदुरहरुका लागि नगद एक लाख सहयोग गर्ने भएकी छन्।

नायिका शिवाकोटीले व्यक्तिगत रुपमा संवन्धित ज्यालादारी मजदुरहरुलाई आफै उपस्थित भएर सहयोग गर्ने सोच गरेको बताएतापनि लकडाउनको अवस्थामा त्यो संभव नभएको कारण प्रधानमन्त्री राहत कोष मार्फत आफूले सहयोग गर्न लागेको नायिका शिवाकोटीले बताएकी छन्।

दैनिक रुपमा सामाजिक सञ्जालको माध्यमबाट कोरोनाभाइरसबाट बच्न घरमै विशेष सावधानी अपनाएर सुरिक्षत रहन आग्रह गर्दै आइरहेकी नायिका शिवाकोटीले कोरोनाबाट देशलाई बचाउन दिनरात खट्ने डाक्टर, नर्स तथा सम्बन्धित व्यक्तिहरु र नेपाल प्रहरीलाई धन्यवाद व्यक्त गरेकी छन् ।
प्रकाशन मिति–२०७६ साल चैत १८ गते मंगलवार ।