काठमाडौं। नायिका भन्दा कम नदेखिएकी गायिका सुशीला पाठक यो जाडो याममा पनि कम देखिएकी छैनन्।

जाडोको स्टाइलमा स्टाइलिस्ट बनेर फोटो खिचाउन पछि नपरेकी गायिका पाठकका प्राय फोटो गजब नै मानिने गरेको छ।

घमण्ड भन्ने कुन चराको नाम हो भन्ने वताउने गायिका पाठकलाई हिजोआज राम्रो मान्छेका व्यवहारले आफू नराम्रो हुनुमै घमण्ड गर्छु भनेर मज्जाले भन्न चुकेकी छैनन्। उनले सामाजिक सञ्जाल मार्फत भनेकी छन्–
“राम्रो मान्छेको व्यबहार देख्दा त
कसम म आफू नराम्रो हुनु मै घमण्ड गर्छु।”

प्रकाशन मिति–२०७८ साल पुस २ गते शुक्रवार ।