Richa Ghimire 3 preganentकाठमाडौ। विगत चार बर्षयता लगातार अमेरिका बस्दैआएकी नायिका रिचा घिमिरे फेरि आमा बन्ने भएकी छन्। चार बर्षको अन्तरालमा अमेरिकामा नै मेजर सर्जरी गरेर दुई छोरालाई जन्म दिइसकेकी नायिका घिमिरे अव यो बर्ष तेश्रो सन्तानकी आमा बन्ने तर्खरमा रहेकी छन्।

तेश्रो सन्तान छोरी नै हुने पक्का भएको पनि नायिका घिमिरेले सामाजिक सन्जाल मार्फत सार्वजनिक गरेकी छन्। सात महिनाकी गर्भवती नायिका घिमिरले तेश्रो सन्तान पनि मेजर सर्जरीवाट नै जन्माउने तयारीमा रहेको समेत भनेकी छन्।

लगातार दुई छोराको जन्माएपछि एक छोरीको चाहना राखेकी नायिका घिमिरे तेश्रो सन्तान छोरी नै हुने पक्का–पक्की भएवाट निक्कै खुशी बनेकी छन्। आफ्नो सपना पूरा भएको भनेकी छन्। छोरीको जन्मपछि परिवार पूर्ण हुने पनि उनले खुलासा गरेकी छन्।

प्रकाशन मिति–२०७२ साल चैत्र १० गते बुधवार ।