काठमाडौं। पछिल्लो पुस्ताकी चर्चित नायिका रिमा विश्वकर्माले राजनीतिलाई सेवा या जागिर हो भनेर सवाल उठाएकी छन्। ट्वीट मार्फत ट्वीट गर्दै नायिका विश्वकर्माले उक्त सवाल उठाएकी हुन।

राजनीति गर्ने नेताहरु राजनीतिलाई सेवा हो भनेर परिभाषित गरेर राजनीतिमा प्रारम्भमा होम्मिएतापनि उनीहरु सेवा होइन, धेवा अर्थात पैसा कमाउन नै राजनीति गर्ने गरेको धेरै यथार्थताहरुले शायद नायिका विश्वकर्माले यस्तो सवाल उठाएको हो कि भन्नेहरुको कमी छैन्।

त्यस्तै, नायिका विश्वकर्माले राजनीति यदि सेवा भने, तलब–पेन्सन या भत्ता किन त भनेर अर्को गहन सवाल ट्वीट मार्फत नै गरेकी छन्। राजनीति यदि जागिर हो भने, ती नेताहरुको डिग्री अर्थात योग्यता खोइ भनेर अर्को यथार्थपरक सवाल उठाएकी छन्।

नेपाली जनताको नाममा राजनीति गर्ने र तिनै नेपाली जनता माथि राज गर्ने धेरैजसो नेताहरुले राजनीतिलाई सेवा भन्दा धेवा अर्थात पैसा कमाउने माध्यम गरिरहेको यथार्थताले पनि रिमा विश्वकर्मा जस्ता नयाँ पुस्ताका नायिकाहरुको पनि गंभीर सवालहरु धमाधम आउन थालेका छन्।

नेपाली जनताको नामवाट राजनीति गर्ने नेताहरु सचेत वनेर राजनीतिलाई जागिर या व्यापारका रुपमा नलिइकन समाज सेवाका रुपमा लिने हो कि ? यसतर्फ, नेताहरुलाई समयमा नै सोच्नुपर्ने आवश्यकता छ।

प्रकाशन मिति–२०७७ साल फागुन १८ गते मंगलवार ।