काठमाडौ। चर्चाको शिखरमा रहेकी नायिका शुभेच्छा थापा र निर्देशक राजु गिरी वीच यतिखेर विवाद आएको छ। चलचित्र निर्जलाको रिलिजको संघारमा दुवैवीच विवाद आएको हो।

चलचित्र निर्जला यही आउने दशैंको फूलपातीको दिनवाट हुने भएको छ। निर्जलाकी निर्माता समेत रहेकी नायिका थापालाई अव उप्रान्त निर्देशक गिरीले कुनैपनि फिल्ममा नखेलाउने र नायिका थापा बूढी भैसकेको जस्ता अनर्गल प्रचार गन थालेकोमा नायिका थापा आगो बनेकी छन्।

निर्देशक गिरीले आफ्नो क्याम्पवाट नायिका थापालाई आउट गरिसकेको समाचार प्रकाशनमा आएपछि नायिका थापाले गिरीले आफूलाई आउट गरेको नभइकन निर्माताको हैसियतले गिरीलाई आफूले आउट गरेको खुलासा गरेकी छन्। कलाकार कहिलेपनि बच्चा र बूढो नहुने तर्क राख्दै नायिका थापाले निर्देशक गिरी बरु, निर्देशनमा बूढो भैसकेको तथा रिटायर्ड हुंदा राम्रो हुने आक्रोश पोखेकी छन्।

चलचित्र निर्जलासम्म ६ वटा चलचित्रमा निर्देशक गिरीलाई आफ्नै कारण काम पाएको तथा आधाभन्दा बढी चलचित्र आफैले निर्माण गरेको खुलासा पनि नायिका थापाले गरेकी छन्। नायिका थापाको आक्रोश रहेको छ–”मलाई राजु गिरीले आउट गर्नु आवश्यक छैन्। म आफू निर्माता भएको हैसियतले राजु गिरीलाई मैले नै आउट गरिसकेकी छु।”
प्रकाशन मिति–२०७५ साल साउन साउन २५गते शुक्रवार ।