काठमाडौं। चलचित्र ‘क्यारेङ ग्याङ ३’ को सांगितिक कोसेली सार्वजनिक भएको छ। चलचित्रकी नायिका समेत रहेकी सानु खतिवडाको स्वर, संगीत रहेको यस गीतका रचना निर्देशक राजु लामाले गरेका हुन्।

निर्देशक लामाले नेपालीहरुको महान पर्व दशैंको अवसर पारेर ‘गुन्यु चोलो लाउँदा पनि नो–प्रोबलम्’ बोलको सांगितिक कोसेलीे ह्वाईट पिगन मिडियाको युट्युब मार्फत सार्वजनिक भएको हो।

युवा पुस्तालाई लक्षित गरेर तयार पारिएको यस रक शैलीको रोमान्टिक गीत सवैको प्रिय हुने अनुमान गरिएको छ।

प्रकाशन मिति–२०७५ साल असोज २३ गते मंगलवार