काठमाडौं। कान्तिपुर दैनिकका पूर्व सम्पादक नारायण वाग्लेव्दारा लिखित बहुचर्चित आख्यान पल्पसा क्याफे नामक कृतिमा अव नाटक बन्ने भएको छ। १५ वर्षअघि प्रकाशित आख्यान पल्पसा क्याफे नाटक बनेर मञ्चन हुने भएको हो।

रंगकर्मी विमल सुवेदीले पल्पसा क्याफे नाटक निर्देशन गर्दैछन् । सुरज सुवेदीले नाट्य रुपान्तरण गरेको नाटकमा पल्पसाको भूमिकामा चर्चित नायिका स्वस्तिमा खड्का रगमञ्चमा देखिने भएको छ। नेपाली कथानक चलचित्र बुलबुलबाट अभिनयको तारिफसँगै नेशनल तथा इन्टरनेशनल अवार्ड जितेकी स्वस्तिमा खड्काको नाटकमा डेब्यु नै हो।

स्वस्तिमाले चलचित्र खेल्नुअघि कुनै नाटक खेलेकी छैनन्। यसकारण पल्पसा क्याफेमा पल्पसाको भूमिकामा अनुवन्ध बन्दा निक्कै उत्साहित तथा पहिलो पल्ट निक्कै चर्चामा आएको नाटक खेल्ने रोमाञ्चकतामा खुशी बनेकी छन्।


प्रकाशन मिति–२०७७ साल माघ ७ गते बुधवार ।