काठमाडौं। दुई बर्षअघिआफूलाई भन्दा बढी माया गर्ने धनगढीका तन्नेरी विजयेन्द्र सिंह राउतसंगको प्रेम विवाह गरेकी नायिका स्वेता खड्का गर्भवती बनेकी छन्।

केही महिनाअघिवाटै नायिका खड्का गर्भवती भएको गुपचुप हल्ला चलेतापनि पुष्टि भैनसकेको अवस्थामा नायिका खड्काले विहीवार आफैले सार्वजनिक गरेपछि पुष्टि भएको हो।

सामाजिक सञ्जाल फेसबुक मार्फत नायिका खड्काले आफू गर्भवती भएको र चाँडै नै आमा बन्न लागेको संकेत स्वरुपका तस्बीरहरु श्रीमान विजयेन्द्र सिंह राउतसंग बसेर खिचेका फोटो सार्वजनिक गरेपछि उनी आमा बन्न लागेको पर्दाफास भएको हो।

ती फोटोहरुसंगै नायिका खड्काले यति मात्र स्टाट्समा लेखेकी छन्–
“जिन्दगीका हरेक चुनौतिहरुलाई मुस्कुराएर झेल्नुहोस्
किनकी घाम जतिनै तेज किन नहोस् समुन्द्र कहिले सुक्ने छैन”

प्रकाशन मिति–२०७९ साल असोज २८ गते शुक्रवार ।