Narayanghat Mugling Road 1काठमाडौ। महिनौ देखि समस्या भैरहेको चितवनको नारायणगढ–मुग्लिन सडक खण्डका ठाउँ–ठाउँमा पहिरो खस्दा आज शुक्रबार विहानै देखि सडक अवरुद्ध भएको छ।

नारायणगढ–मुग्लिन सडक खण्डको कबिलास–४ घुमाउने र चङ्डी भञ्ज्याङ ९ मा ठुलो पहिरो गएको चितवन प्रहरीले जनाएको छ। सडक खण्डको चार किलो र पाँच किलो भन्ने ठाँउमा पनि पहिरो खसेको छ।

पहिरो पन्छाउने काम तीव्र पारिए पनि अझै पानी परिरहेको र पहिरो खस्ने क्रम नरोकिएकाले समस्या परेको चितवन प्रहरीले जनाएको छ। विहानैदेखि सडक अवरुद्ध हुँदा सयौं सवारी साधन र यात्रु अलपत्र परेका छन्।

Narayanghat Mugling Road
प्रकाशन मिति–२०७३ साल असार १७ गते शुक्रबार ।