ललितपुर । ललितपुर महानगरपालिका वडा नंबर १४ तिखेदेवल स्थित उमा–महेश्वर व्यवस्थापन समितिले धार्मिक तथा सामाजिक अभियन्ता एवम् नामी साप्ताहिकका सहसम्पादक नारायण लिंखा देवानलाई सम्मान गरिएको छ।

धार्मिक तथा सामाजिक अनि पत्रकारिता क्षेत्र देवानले पुर्याएको योगदानको कदर स्वरुप उमा–महेश्वर व्यवस्थापन समितिले देवानलाई सम्मान गरेको हो।

उमा–महेश्वर व्यवस्थापन समितिका अध्यक्ष कुवेर केसीको सभापतित्वमा भएको सम्मान कार्यक्रममा सम्मान धर्मउपदेशक डा.चिन्तामणि योगीले देवानलाई प्रदान गरेका थिए। देवान सहित विभिन्न क्षेत्रवाट उमा–महेश्वर व्यवस्थापन समितिलाई सहयोग पुर्याउनेहरुलाई सम्मान प्रदान गरिएको थियो।
प्रकाशन मिति–२०७८ साल फागुन २५ गते बुधवार ।