काठमाडौं। नारा नै गजबको छ–पहिला देश अनि बिदेश। यही नाराकासाथ गन्तव्य नेपाल ईभेन्ट म्यानेजमेन्टले काठमाण्डौको भृकुटीमण्डपमा आन्तरिक पर्यटन मेला ‘ डोमेस्टीक टुरिजम मार्ट–२०१९, डिटीएम’ गर्ने भएको छ।

यही बैशाख १३ र १४ गते भृकुटीमण्डपको प्रदर्शनी हलसहितको चौरमा आयोजना हुने उक्त मेलामा पर्यटन सम्बद्ध २२५ व्यवसायिक संघसंस्था तथा व्यापारिक स्टल रहने छन।

सरकारको २०२० मा २० लाख पर्यटक भित्राउने योजनामा पर्यटन प्रवद्र्धन गरी सहयोग पुर्याउनका लागि मेला थप सहयोगी हुने आयोजक गन्तव्य ईभेन्ट म्यानेजमेन्टको भनाई छ।
प्रकाशन मिति–२०७५ साल फागुन २० गते सोमवार ।