काठमाडौं। नेपाल आमाको आँशु पुछ्न जन्मेकी कृषि क्रान्तिका अभियन्ता जयकला बस्नेत बहुउपयोगी आयुर्वेदिक औषधि गुर्जोको निःशुल्क वितरण अभियानमा संलग्न हुने भएकी छन्। धार्मिक तथा सामाजिक अभियन्ता एवम् मानवअधिकारकर्मी नारायण लिंखा देवानले गुर्जो उपहार स्वरुप कृषि क्रान्तिका अभियन्ता बस्नेतलाई प्रदान गरिदा उक्त प्रतिवद्धता व्यक्त गरेकी हुन्।

कागेश्वरी मनोहर नगरपालिका वडा नंबर ८ गोठाटार स्थित विनायक वस्तीमा आयोजित कार्यक्रममा बोल्दै मनमुरी कृषि सहकारी संस्था तथा मनमुरी कृषि बजारका अध्यक्ष समेत रहेकी अभियन्ता बस्नेतले गुर्जो वर्तमान कोरोनाको महामारीमा यसको उपयोगिता अझ धेरै व्यापकता भएको वताएकी छन्। यसको सेवनवाट रुघा–खोकी, प्रेसर–सुगर तथा रोगप्रतिरोधात्मक शक्तिको अभिबृद्धि गर्ने भएकोले कोरोनाको महामारीमा यो राम्रो प्राकृतिक औषधि भएको जिकिर पनि अभियन्ता बस्नेतले गरेकी छन्।

निःशुल्क गुर्जो वितरणका अभियन्ता समेत रहेका मानवअधिकारकर्मी नारायण लिंखा देवानले कोरोनावाट बच्न र बचाउन गुर्जो सेवन अत्यन्त लाभदायक भएको वताएका छन्। हालसम्म देवानले हजारौंलाई बहुउपयोगी प्राकृतिक औषधि गुर्जो तथा गुर्जोको बेर्ना निःशुल्क वितरण गरिसकेका छन्।

प्रकाशन मिति–२०७७ साल कात्तिक २९ गते शनिवार ।