काठमाडौं। निखिलेश्वर मन्दिर कोटेश्वरमा प्रत्येक बिहान ५ बजे यी फुलवाली बजै नानी देखिने गरेकी छन्। मन्दिरको गेटमा बसेर भत्तजनहरुको सेवा गर्ने कार्य यी फुलवाली बजैवाट हुंदैआएको छ।

भक्तजनहरुलाई टीका लगाइदिएर आशीर्वाद दिने कार्य पनि यी बजैले गर्दैआएकी छन्। यी बजै १२ बर्ष पुगिसकेकी छन्। यिनको वास्तविक नाम ज्योति अर्याल हो।

नाम ज्योति अर्याल भएतापनि निखिलेश्वरमा उनलाई फुलवाली बजै नानी नै भन्ने गरिएको कोटेश्वर नामी रिपोर्टर सुनकुमार अवालको भनाई रहेको छ।
प्रकाशन मिति–२०७६ साल साउन २४ गते शुक्रवार ।