Sex 3काठमाडौ। सहवास र यौन संवन्धका बारेमा विभिन्न अवधारण रहेतापनि स्वास्थ्यको दृष्टिकोणले यो अत्यन्त महत्वपूर्ण मानिएको छ। नियमित सहवास गर्नाले शरीरका विभिन्न रोगलाई निदान गर्ने कार्य विभिन्न अनुसन्धानवाट पुष्टि भैसकेको छ। यसले गर्दा पनि कतिपय जानिफकार दम्पत्तिहरु यौनलाई कसरतको रुपमा पनि लिदैआएका छन्। कतै रोग लाग्दा कि भन्ने चिन्ता तथा डर हुनेहरुका लागि पनि यो अचुक औषधि जस्तो बन्न थालेको छ। यसले गर्दा नियमित सहवास आवश्यक छ। नियमित सहवास नहुने दम्पत्तिहरुमा झिंजो, तनाव लगायतका व्यवहारहरु देखिने गरेको पाइएको छ। नियमित सहवासले निम्न फाइदाहरु रहेका छन्।

माइग्रेनबाट मुक्ति
नेशनल सर्वे अफ सेक्सुअल एटीट्युड्स एण्ड लाइफस्टाइलले गरेको सोधले माइग्रेन भन्ने टाउको दुख्ने रोगका विरामीलाई नियमित सेक्स फाइदाजनक हुने देखाएको छ । सोधले महिनामा ५ पटक भन्दा कम सेक्स गर्नेहरुलाई माइग्रेन हुने नयाँ तथ्य पनि बाहिर ल्याएको छ ।

Sex 2

ब्लड प्रेशर
उच्च रक्तचापका विरामीलाई पनि नियमित सेक्स फाइदाजनक रहेको अध्ययनले देखाएको छ । नियमित सेक्स गर्दा उच्च रक्तचाप नियन्त्रण हुने शोधको दावी छ ।
प्रोस्टेट क्यान्सर
नियमित सेक्स गर्ने पुरुषलाई प्रोस्टेट क्यान्सरको खतरा निक्कै कम हुने दावी शोधकर्ताहरुले गरेका छन् । महिनामा २१ पटक वा नियमित सेक्स गर्दा प्रोस्टेट क्यान्सरको खासै खतरा नहुने उनीहरुको भनाइ छ।
मोटोपनबाट मुक्ति
मोटोपनबाट समस्यामा परेकाहरुलाई पनि नियमित सेक्स राम्रो मानिएको छ । कुनै पनि कसरत गर्नु भन्दा नियमित सेक्स मोटोपन घटाउन सहजसिद्ध हुने शोधकर्ताहरुको भनाइ छ।

Sex 1

हृदयघातबाट कम खतरा
नियमित सेक्स गर्दा हृदयघातको खतरा पनि कम हुने अध्ययनले देखाएको छ । नियमित सेक्स गर्दा शरीरमा एस्ट्रोजन र टेस्टोस्टेरोन का संतुलन बनि राख्ने हुँदा हृदयघातको कम हुने चिकित्सकहरु बताउँछन्।

प्रकाशन मिति–२०७३ साल भदौ १२ गते आइतवार ।