मानिसहरु रोग निवारणका लागि अस्पताल धाउछन तर नेपालका सरकारी स्वामित्वमा रहेका केहि बाहेक अधिकांश अस्पतालहरु उल्टै निरोगी व्यक्तिलाई पनि रोगी बनाउने चरित्रका छन् । अस्पतालको फोहोर र अस्पतालजन्य सामग्रीको व्यवस्थापन गर्न नसक्दा उब्जेको दुषित वातावरणले अधिकांश अस्पतालको अवस्था नाजुक छ । अस्पतालमा सरसफाईको लागि भनेर खर्च पनि गरिन्छ कर्मचारी पनि छन् तर पनि अस्पताल सरसफाई र अस्पतालबाट निस्कने खतरनाक फोहोरको उचित ब्यबस्थापन तर्फ अस्पतालहरु गम्भीर नबनेको आम नागरिकको गुनासो छ ।

source: News 24 Nepal