काठमाडौ। नेपालमा यतिखेर निर्जलाको व्यापक खोजी भैरहेको छ। निर्जला को हुन ? निर्जला के हुन ? जस्ता अनेक प्रश्नको ओइरो लागेको बर्तमान अवस्थामा सोही चलचित्र निर्जलाको फस्ट लुक सार्वजनिक गरिएको छ।

आखिर निर्जला चर्चाको शिखरमा रहेकी अभिनेत्री शुभेच्छा थापा हुन भन्ने पर्दाफास भएको छ। निर्जला बनेकी शुभेच्छा थापाको गजबको नयाँ लुक्स चलचित्र निर्जलाको फस्ट लुकमा देखिएको छ। जसमा निर्जला बनेकी शुभेच्छा थापाका साथमा दुई अभिनेता किशोर खतिवडा र निक्स शर्माको शानदार गजबको लुक्स रहेको पाइएको छ।

नारी प्रधान चलचित्र निर्जलाको निर्माण प्रकाशचन्द्र न्यौपानेको रहेको छ भने, निर्देशन राजु गिरीले गरेका छन्। प्रदर्शन २०७५ सालको बडा दशैलाई टार्गेट गरिएको निर्माण टीमले जनाएको छ।


प्रकाशन मिति–२०७४ साल माघ १७ गते बुधवार ।