ललितपुर । ललितपुर महानगरपालिका वडा नंबर १६ सामुदायिक स्वास्थ्य केन्द्रको आयोजनामा निःशुल्क आँखा जाँचा शिविर संपन्न भएको छ। ललितपुर महानगरपालिका वडा नंबर १६ स्थित नागवहालमा निःशुल्क आँखा शिविर संपन्न भएको हो।

आँखा शिविरमा आँखा जाँच देखि मोतिया विन्दूको अप्रेसन लगायत आँखा दान तथा छाला दान कार्यक्रम पनि भएको जानकारी आयोजक ललितपुर महानगरपालिका वडा नंबर १६ का जनप्रिय तथा लोकप्रिय वडा अध्यक्ष निर्मलरत्न शाक्यले भिजन संसार डटकमलाई दिएका छन्।

वडा अध्यक्ष शाक्यका अनुसार, आँखा शिविरवाट ५ सय जना लाभान्वित बनेका छन्। शिविरमा ज्येष्ठ नागरिकदेखि बालबालिकासम्मको उत्साहजनक सहभागिता रहेको थियो।

नेपाल आँखा अस्पतालका बरिष्ठ आँखा विशेषञ डा.इन्दुप्रसाद ढुंगेल तथा डा.किरण शाक्यको नेतृत्वमा निःशुल्क आँखा शिविर संपन्न भएको थियो।  डाक्टर टीममा कल्याण ढुंगाना, रचना काफ्ले, रेखा घिमिरे, यशोदा तिवारी, राधिका घले र एलिना गोपालीको संलग्नता रहेको थियो।

शिविरमा निःशुल्क आँखा जाँच देखि निःशुल्क औषधि दिने कार्य समेत भएको थियो। जनस्वास्थ्यलाई मध्यनजर गरेर बेलाबखत विभिन्न जनमुखी स्वास्थ्य शिविर संचालन गर्ने कार्यमा ललितपुर महानगरपालिका वडा नंबर १६ ले कुनै कसर वाँकी नराखेको जानकारी पनि वडा अध्यक्ष शाक्यले वताएका छन्।

जनताका चाहना र सोचमा नै आफूले जनमुखी कार्य गर्दैआएको र निरन्तर गर्दैजाने प्रतिबद्धता पनि वडा अध्यक्ष शाक्यले जाहेर गरेका छन्।
प्रकाशन मिति–२०७८ साल असोज १६ गते शनिवार ।