हेटौडा । मकवानपुर जागरण अभियान नेपालले चलचित्र ‘कोपिला’ को बिशेष च्यारेटी शो आयोजना गर्ने भएको छ। आगामी माघ १० गते हेटौडाको एनएस सिनेमाहलमा आयोजना गरीने च्यारेटी शो बिशेष कार्यक्रमका साथ आयोजना गरिन लागेको हो।

आयोजक मकवानपुर जागरण अभियान नेपालका अध्यक्ष कृष्णराज कोईरालाका अनुसार, च्यारेटी मार्फत उठेको रकमबाट स्वर्गिय निर्मला पन्तको परिवारलाई ५० हजार नगद सहयोग गरिने भएको छ। यसअघि गत बर्ष पंचायत चलचित्र च्यारेटी गरेर सामाजिक कार्य गरिएको बताउदै कोइरालाले बताएका छन्।

चलचित्रका निर्माता मणिराज गौतमले कन्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको बलत्कार पछि भएको हत्याको बिषयमा चलचित्र ‘कोपीला’ बनेको खुलासा गरेका छन्।। यो चलचित्रले सामाजिक कथा बोकेको भन्दै स्व. निर्मला पन्तको परिवारसंग अनुमति लिएर चलचित्र बनाएको जिकिर निर्माता गौतमको रहेको छ। चलचित्रलाई नेपाल सरकारले सेन्सर समेत पास गरीसकेको छ। देश बिदेशहरुमा बिशेष–शोहरु आयोजना गरेर मात्र सिनेमाहलमा रिलिज गरिने निर्माता गौतमले भनेका छन्।

‘कोपीला’ को भूमिकामा संजिबनी खरेलले अभिनय गरेकी छन । चलचित्रमा संजिबनीसंगै गणेश गिरी,सरिता गिरी, ऋद्धीचरण श्रेष्ठ, अस्मिन घिमिरे,अस्मिता जुरेली, प्रतिक्षा खड्का, शिया आचार्य, जुनिपर पौडेल लगायतका कलाकारहरुको अभिनय रहेको छ।

गणेश गिरीको प्रस्तुती रहेको चलचित्रको कार्यकारी निर्मातामा सुवासराज काफ्ले, सम्पादक तथा एनिमिटर समिर मियाँ र छायाकार रामेश्वर कार्की रहेका छन्। दीपक शर्माको संगीर रहेको चलचित्रलाई शिबम् अधिकारीले निर्देशन गरेका छन । यसअघि अधिकारीले पंचायत चलचित्र निर्देशन गरेका थिए।
प्रकाशन मिति–२०७६ साल पुस २५ गते शुक्रवार ।