काठमाडौं। तीन वर्षअघि साउन महिनामा कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । तर घटनाका दोषी हालसम्म भेटिएका छैनन् । दोषी पत्ता लगाउन माग गर्दै अधिकारकर्मीहरुले बारम्बार प्रदर्शन समेत गर्दैआएका छन् । तरपनि, हत्यारा पत्ता लाग्न सकेको छैन्।

सरकार यसवारेमा मौन बसेकोमा नवनियुक्त प्रधानमन्त्री शेरवहादुर देउवाले यस वारेमा विशेष चासो देखाएका छन्। प्रधानमन्त्री देउवाले निर्मला पन्तको हत्याबारे अहिलेसम्म भएको अनुसन्धानबारे जानकारी लिएको र दोषीलाई चाँडो कारवाही गर्न निर्देशन छन् ।

कन्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको आइतबार तीन वर्ष पुगेको छ। यसक्रममा प्रधानमन्त्री देउवाले निर्देशन दिएका हुन् । गृहमन्त्री र प्रहरी प्रमुखहरुलाई बोलाएर उक्त घटनाबारे जानकारी लिएको छन्। साथै घटनाका दोषी छिट्टै पत्ता लगाएर कारवाही गर्न निर्देशन दिएका हुन ।

प्रधानमन्त्री शेरवहादुर देउवाले सामाजिक सञ्जाल फेसबुक मार्फत भनेका छन्–”निर्मला पन्तको हत्या भएको तीन वर्ष पुगेको दिन आज मैले गृह मन्त्री र प्रहरी प्रमुखलाई बोलाएर अहिलेसम्म भएको अनुसन्धानबारे जानकारी लिएको छु। चाँडोभन्दा चाँडो दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशन पनि दिएको छु ।”

प्रकाशन मिति–२०७८ साल साउन ११ गते सोमवार ।