Nirmal Sharma with KP Oliकाठमाडौ। सडक बालबालिकाको बास्तविक कथामा आधारित चलचित्र चक्लेटले नेपालमा खासै व्यावसायिक सफलता हासिल गर्न सकेन। व्यावसायिक सफलता नपाएतापनि यस चलचित्रका निर्माता पूजना प्रधान तथा निर्देशक निर्मल शर्मा निराश बनेका छैनन्। जतिले चलचित्र चक्लेट हेरे, ती सवैले तारिफ नै तारिफ गर्दा दुवै दंगिएका छन्।

त्यसमाथि प्रधानमन्त्री केपी शर्मा ओली देखि चलचित्र हेरेर प्रतिक्रिया दिने उपप्रधानमन्त्री तथा महिला–बालबालिका र समाजकल्याण मन्त्री सीपी मैनालीको प्रशंशा पत्र सहितको तारिफवाट चलचित्र चक्लेटको सफलतालाई आँकन गर्न सकिन्छ।

Nirmal Sharma with CP Mainali

नेपालमा खासै चलचित्र नचलेतापनि विदेशका थियटरहरुमा चल्ने आशा निर्देशक निर्मल शर्माको ठहर रहेको छ। चलचित्र चक्लेट रिलिजको क्रममा निर्मात्री तथा नायिका पूजना प्रधान थाइल्याण्डको बैंककमा हाल रहेकी छन्। त्यसैगरेर, निर्देशक निर्मल शर्मा पनि चलचित्र चक्लेट रिलिजकै लागि दुबई जाने भएका छन्। केही महिना पछि युरोप तथा अमेरिकामा रिलिज गर्ने क्रममा चलचित्र चक्लेट युनिट लागिरहेको शर्माले भनेका छन्।

Nirmal Sharma with CP Mainali.1प्रकाशन मिति–२०७२ साल फागुन १२ गते बुधवार ।