काठमाडौ। नेपालको प्रतिनिधिसभाको निर्वाचनमा नेपाल प्रहरीको मस्ट वान्टेड लिस्टमा परेका रेशमलाल चौधरीको गजबले जित भएको छ। कैलाली क्षेत्र नंबर १ वाट प्रतिनिधिसभा सदस्यमा शानदार जितेका रेशमलाल चौधरीले २० हजार ९ सय ३४ मत प्राप्त गरेका छन्।

Mr. Resam Lal Chaudhary

चौधरीका निकट्तम प्रतिद्वन्द्वी एमालेकी गरिमा शाहले १३ हजार ४ सय ६ मत ल्याइन् भने नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेले ११ हजार २ सय ३ मत ल्याइन्। दुई वर्षअघि भएको टीकापुर घटनाका मुख्य अभियुक्त बनाइपछि चौधरीले वारेसनामामार्फत् राष्ट्रिय जनता पार्टी नेपालबाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका हुन्।

अपत्यारिलो तरीकाले जनमतले चौधरीलाई जिताएपछि एक किसिमको हलचल नै मच्चिएको छ। चुनाव प्रचारमा समेत टीकापुर कैलालीमा नदेखिएका चौधरीको पक्षमा यति धेरै जनमत तयार हुनु नै उनीप्रति त्यहाँका जनताको ठूलो विश्वास र आस्था रहेका प्रमाणित भएको छ। चौधरीले टीकाबारबासी आफूलाई सद्‍भाव ल्याउने जिम्मेवारी सुम्पेको भन्दै धन्यवाद दिइसकेका छन्।

प्रहरीको मस्ट वान्टेड लिस्टमा परेका चौधरीले निर्वाचन आयोगको विजयी बनेको आधिकारिक प्रमाण–पत्र बुझेका छैनन्। भूमिगत रहेका चौधरीलाई प्रमाण–पत्र बुझ्नै आएको बेला प्रहरी भने गिरफ्तार गर्ने सुरमा रहेको बुझिन्छ।

एकातिर सांसदमा जित्नु र सांसदको उम्मेदवारी दिदा निर्वाचन आयोगमा उनको बारेमा दावी विरोध कसैवाट नआएकोले पनि आयोगले उम्मेदवारी खारेजी गर्न नसक्नु जस्ता प्राविधिक कठिनाइ हुनु जस्ता कुराले अवको समय संसदमा चौधरी उपस्थिति कसरी हुन्छ र गरिन्छ भन्ने सवाल उठेको छ।

जनताले जिताएको मान्छेलाई प्रहरीले त्यतिकै गिरफ्तार गर्न पनि प्राविधिक समस्या आउने पनि देखिएको छ।

प्रकाशन मिति–२०७४ साल मंसीर २६ गते मंगलवार ।