काठमाडौं। निर्वाचन आयोगले बहालवाला शिक्षक र कर्मचारीलाई राजनीतिक दलको सदस्य नबनाउन निर्देशन दिएको छ। आयोगले सार्वजनिक पदमा बहालवाला शिक्षक, कर्मचारी, प्राध्यापकहरू राजनीतिक दलका महाधिवेशनमा सक्रिय भएको भन्दै आज विज्ञप्ति निकालेर यस्तो निर्देशन दिएको हो।

‘राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा ९२० अनुसार नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीको पदमा बहाल रहेको व्यक्ति राजनीतिक दलको सदस्य हुन नसक्ने व्यवस्था स्पष्ट नै छ।

राजनीतिक दलले पनि त्यस्तो सार्वजनिक पदमा बहाल रहेको व्यक्तिलाई दलको सदस्य बनाउन नमिल्ने प्रस्ट व्यवस्था रहेको देखिन्छ,’आयोगले विज्ञप्तिमा भनेको छ।

प्रकाशन मिति–२०७८ साल मंसीर ७ गते मंगलवार ।