Nirwachan Ayogकाठमाडौ। निर्वाचन आयोगले आगामी जेठ १५ मा बजेट ल्याउन रोक लगाएको छ। दुई चरणको निर्वाचनको बीचमा सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याउनु आचार संहिता विपरित हुने निर्वाचन आयोगले भनेको छ।

आयोगको शनिबार बसेको बैठकले निर्वाचनको बीचमा बजेट ल्याउँदा आचार संहिता अनुकुल नहुने ठहर गर्दै सरकारको ध्यानाकर्षण गराउने निर्णय गरिएको छ।
फागुन १८ गतेदेखि लागू आचार संहिता दोस्रो चरणको निर्वाचनसम्म यथावत रहने आयोगले जनाएको छ ।

सरकारले बैशाख ३१ र जेठ ३१ मा दुई चरणमा स्थानीय तह निर्वाचन गर्ने निर्णय गरेको छ । तर, जेठ १५ मा बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था छ । निर्वाचन आयोगका पदाधिकारीहरुले सुरुमा चुनावलाई प्रभावित पार्ने कार्यक्रम नराखी बजेट ल्याउन सक्ने बताएका थिए ।

तर, प्रमुख विपक्षी एमालेले आपत्ति जनाएपछि आयोगले चुनावको बीचमा बजेट ल्याउन रोकेको हो ।
प्रकाशन मिति–२०७४ साल बैशाख १६ गते शनिवार ।