काठमाडौं। गत बैशाख ३० गते भएको स्थानीय निर्वाचनमा सरकारी मोबाइल प्रदायक संस्था नेपाल टेलिकमको रिङटोन ब्यांकमा बज्ने सन्देशमूलक सन्देशमा आवाज दिने आवाजकर्मी निशान बुढाथोकी त्यो इलेक्सन अफ भ्वाइस नै बनेकी थिइन्। निरन्तर दुई हप्ता नेपाल टेलिकमको रिङटोन ब्यांकमा आवाजकी धनी बुढाथोकीको मात्र आवाज गुन्जिएको थियो।

यसपालिको मंसीर ४ गते हुन गैरहेको प्रतिनिधि सभा तथा प्रदेशसभाको निर्वाचनमा पनि बुढाथोकीको आवाजमा नेपाल टेलिकमको रिङटोन ब्यांकमा सन्देश बज्न थालेको छ। निर्वाचनको निष्ठा जोगाउनु हामी सवैको दायित्व बोलको आवाज आवाजकर्मी बुढाथोकीको रहेको छ।

नेपाल टेलिकमलाई आफ्नो आवाजलाई सेलेक्ट गरेर स्थानीय निर्वाचनको कल ब्यांक रिङटोन बनाइदिएकोमा भिजन संसार डट्कमसंगको कुराकानीमा धन्यवाद तथा आभार व्यक्त गर्ने कार्य आवाजकर्मी बुढाथोकीवाट भएको छ।

प्रकाशन मिति–२०७९ साल कात्तिक २३ गते बुधवार ।