काठमाडौं नयाँ पुस्ताकी अत्यन्त संभावना वोकेकी सफल नायिका निशा अधिकारी आमा बनेपछि लगभग बेपत्ता जस्तो बनेकी छन्।

नेपालका ख्यातिप्राप्त क्रिकेटर शरद भेष्वाकरसंग प्रेम विवाह गरेपश्चात लगभग जस्तो नेपाली चलचित्र क्षेत्रवाट टाढिदैगएकी निशा छोराको आमा बनेपछि त बेपत्ता जस्तो नै बनेकी थिइन्। अव भने विस्तारै निशा सार्वजनिक समारोहमा देखिन थालेकी छन्।

निशाको छोरा २१ महिना पुगिसकेको छ। यसले गर्दा पनि निशालाई सार्वजनिक समारोहमा देखिन सहज हुंदैगएको छ। छोरा स्कुल जान थालेपछि नेपाली चलचित्रमा कमब्याक हुने निशाको सोच रहेको छ। निशाकै भाषामा भन्ने हो भने, निशा यतिखेर फुलटाइम मदर बनेर रहेकी छन्।


प्रकाशन मिति–२०७६ साल माघ २५ गते शनिवार ।