काठमाडौ । निशा रावलले रियो ओलम्पिकमा प्रतिस्पर्धा गर्न पाउने भएकी छिन् । अगस्ट ५ देखि २१ सम्म ब्राजिलको रियो दि जेनेरियोमा हुन लागेको ओलम्पिकमा निशाले वाइल्ड कार्डमार्फत स्थान पाएको नेपाल ओलम्पिक कमिटी (एनओसी) ले जनाएको छ ।

Nisha-Rawalसन् २०१५ जनवरीदेखि ओलम्पिक छात्रवृत्ति प्राप्त गरेकी निशालाई ओलम्पिकमा सहभागी गराउन एनओसीले वाइल्ड कार्डका लागि पहल गरेको थियो । अन्तर्रा्ष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले एनओसीको प्रस्तावलाई स्वीकार गरी मंगलबार निशाको रियो ओलम्पिकमा सहभागिता निश्चित गरेको हो । निशाले ७३ केजीभन्दा माथिमा प्रतिस्पर्धा गर्ने्छिन्।

निशाले गत वर्ष माउन्ट एभरेस्ट तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन् । तीन वर्षदेखि राष्ट्रिय प्रतियोगिता खेल्दै आएकी निशाले २०१४ मा एसियाली खेलकुदमा प्रतिस्पर्धा गरेकी थिइन् । २१ वर्षे निशाले युनिभर्सियाडसहित दक्षिण कोरियामा जेन्जु इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिप भएको प्रतियोगिताहरू खेलिसकेकी छन् ।

प्रकाशन मिति–२०७३ साल जेठ १३ गते विहीवार ।