ramkrishna-and-nilam-1काठमाडौ। गायक रामकृष्ण ढकालकी जीवन संगीनी नीलम शाहको भनाई ढकाललाई खासै तस्वीरमा पोज दिनै आउंदैन। कति म्युजिक भिडियोमा पोज दिन सिकाउंदा सिकाउंदैमा पनि लापरवाहीले हो या अरु कुनै कारण पोज दिन नसकेको तर्क ढकाल पत्नी नीलमको रहेको छ।

नीलमा ढकालकै ४ वटा गीतको भिडियोमा अभिनय गरिसकेकी छन्। श्रीमानलाई हिरो बनाएर अभिनय गर्न पाउंदा मक्ख पर्ने गरेकी ढकाल पत्नी नीलम फेसन गर्न अति रुचाउंने मध्येकी हुन्।

स्याण्डल र वान पिस उनको अत्यन्त मन पर्ने पहिरन हो। २५ जोर भन्दा बढी स्याण्डल र ४० वटा भन्दा बढी वान पिस भएको उनले सार्वजनिक गरेकी छन्।

ramkrishna-and-nilamप्रकाशन मिति–२०७३ साल असोज २० गते विहीवार ।