काठमाडौं। नेपाली चलचित्र उद्योगमा पचासको दशकमा नृत्यकी रानीको रुपमा नै चिनिएकी नायिका सारंगा श्रेष्ठ अमेरिका भासिएको पनि एक दशकभन्दा बढी भैसकेको छ।

कुनैबेला हे–संगीता बोलको हट डान्सवाट संगीता त कहिले पार्वती पार्वती बोलको अर्को गीतको हट डान्सवाट पार्वती बनेकी चलेकी नायिका सारंगा श्रेष्ठको नृत्य जति राम्रो र तकडा भएजस्तै अभिनय पनि दमदार हुने गरेको छ।

दर्जनौ दर्जन चलचित्रमा अभिनय गरेर बेग्लै छाप राख्न सफल यिनै नायिका सारंगा श्रेष्ठलाई नसम्झने त्यो बेलाका दर्शक शायदै कमै होलान।

यादमा हराएकी नायिका सारंगा श्रेष्ठलाई यतिखेर अमेरिकामा बसेर जिन्दगीलाई तौलिने मन भएको छ। त्यसैले त उनले सामाजिक सञ्जाल फेसबुक मार्फत जिन्दगीको मूल्यांकन गर्दै यसो भनेकी छन्–
“हरेक समय हरेक पलमा रमाउनु छ।
जीन्दगी को कुनै भरोसा छैन
कति वेला बैमान हुने हो ॥
धेरै माया सबैमा ♥️”
प्रकाशन मिति–२०७९ साल बैशाख ३१ गते शनिवार ।