काठमाडौं। नृत्य निर्देशकहरुको छाता संगठन नृत्य निर्देशक संघ नेपालले आफ्नो स्थापनाको तेश्रो महोत्सव मनाएको छ। स्थापनाको तेश्रो बर्षको गौरबमय उपलक्ष्यमा नृत्य निर्देशक संघ नेपालले आइतवार काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा तेश्रो नृत्य महोत्सव २०७६ मनाएको हो।

जसमा नृत्यका अग्रज गुरुआमा प्राध्यापक बेटी बज्राचार्यको भव्य विशेष सम्मान गरिएको छ। साथमा १ सय २६ घण्टा नन्स्टप नृत्य गरेर विश्व रेकर्ड राख्ने बन्दना नेपाललाई पनि सम्मान गरिएको थियो।

महोत्सवमा विभिन्न विद्यालयहरु वीच आकर्षक लोकनृत्य प्रतियोगिताको आयोजना गरिएको थियो। नृत्य निर्देशकहरुको एकता र गौरबताको प्रतिक रहेको नृत्य निर्देशक संघ नेपाल तेश्रो बर्षमा पुग्दा अझ संगठित र अझ उत्प्रेरित बन्न सफल भएको र यसमा संघमा आवद्ध सवै नृत्य निर्देशकहरुको अथक मेहनत रहेको खुलासा संस्थापक अध्यक्ष भुवनदास श्रेष्ठले भनेका छन्।

प्रकाशन मिति–२०७६ साल साउन २७ गते सोमवार ।