Dance Director Association of Nepal

काठमाडौ। नेपालमा नृत्य निर्देशकहरुको आधिकारिक संघ नृत्य निर्देशक संघ नेपाल विधिवत रुपमा स्थापना भएको छ।

Dance Director: Mr Bhuwan Shrestha.
Dance Director: Mr Bhuwan Shrestha.

मिति २०७३ साल साउन २६ गते जिल्ला प्रशासन कार्यालय काठमाडौमा बिधिवत रुपमा चर्चित नृत्य निर्देशक भुबन श्रेष्ठको अध्यक्षतामा दर्ता भएको सो संघले मिति २०७३ साल माघ २३ गते आइतबारका दिन संघको कार्यालय पुतलीसडकमा प्रारम्भिक साधारणसभा गरेर बैधानिकता दिएको छ।

प्रारम्भिक साधारण सभाले भुवन श्रेष्ठको अध्यक्षतामा १३ सदस्य कार्यसमिति निर्विरोध गठन गरिएको छ।

जसमा प्रथम उपाध्यक्ष संजय शर्मा राजोपाध्याय, द्वितीय उपाध्यक्ष प्रदिप श्रेष्ठ, महासचिव नृपध्वज खत्री, सचिव ज्ञान बहादुर महर्जन, सह–सचिव रबि राना मगर, कोषाध्यक्ष भावना कार्की, सह– कोषाध्यक्ष शारदा सोति शर्मा तथा सदस्यहरुमा याम गुरुङ, शम्भु शाही, केशव कोइराला ऋषिकेश श्रेष्ठ र रोहिया महर्जन रहेका छन्।

Dance Director: Sanjaya Sharma
Dance Director: Sanjaya Sharma

नवगठित नृत्य निर्देशक संघले नेपालभर करिब ५ हजार नृत्य निर्देशकहरु रहेको जनाइएको छ। ती छरिएर रहेका सवै नृत्य निर्देशकहरुलाई संघमा संगठित गर्ने प्रयास आफ्नो पहिलो कार्य हुने अध्यक्ष भुवन श्रेष्ठले भिजन संसारलाई बताएका छन्।
प्रकाशन मिति–२०७३ साल माघ २४ गते सोमवार ।