काठमाडौ। रियो ओलम्पिकमा आयोजक ब्राजिलले फुटबलतर्फको स्वर्ण पदक जितेको छ। शनिबार राती भएको फाईनल खेलमा सदावहार प्रतिद्वन्द्वी जर्मनीलाई पेनाल्टी सुट आउटमा हराउँदै ब्राजिलले उपाधि जितेको हो। खेलको निर्धारीत ९० मिनेटको समयमा दुबै टोलीबाट १-१ गोलको बराबरी भएको थियो।

Brajila in Gold Medalistपहिलो हाफमै ब्राजिलका नेईमारले गोल गरेपनि दोस्रो हाफमा जर्मनीका म्याक्स मेयरले एक गोल फर्काएपछि खेल टाई ब्रेकरमा पुगेको हो। टाई ब्रेकरमा ब्राजिलका नेईमारले अन्तिम प्रहारलाई गोलमा बदल्दै टोलीलाई ५-४ ले जिताए। यो जितसँगै ब्राजिलले दुई वर्षअघि आफ्नै राष्ट्रमा सम्पन्न विश्वकप फुटबलमा जर्मनीसँग भोगेको हारको बदला लिएको छ।

ब्राजिलले ओलम्पिक फुटबलको उपाधि जितेको यो पहिलो अवसर हो। ओलम्पिकको अघिल्लो संस्करणमा मेक्सिकोसँग पराजित ब्राजिल त्यसअघि सन् १९८४ र १९८८ मा पनि फाईनलमा पराजित भएको थियो।
प्रकाशन मिति–२०७३ साल भदौ ५ गते आइतवार ।