काठमाडौं। सतारुढ नेकपा प्रभावशाली बरिष्ठ उपाध्यक्ष वामदेव गौतम गीतकार पनि हुन्। नेता गौतमका हालसम्म दर्जनौ गीतहरु छन्। ती गीतका भिडियो मध्ये एक गीत सार्वजनिक भएका छन्। राष्ट्रप्रेमले ओतप्रोत भएको भगवान बुद्ध संवन्धी गीतमा नेता गौतमले नेपालको प्राकृतिक सुन्दरता, शान्तिका दुत गौतम बुद्ध र नेपाली कला संस्कृतिको वारेमा वर्णन गरेका छन्।

आम नेपालीलाई गीतले एकतामा रहन र देशप्रति प्रेरित हुन प्रेरणा मिल्ने आफूले विश्वास गरेको नेता गौतमले भनेका छन्। गौतमले लेखेको शब्दलाई मनोहर सुनामको एरेञ्जमा शम्भुजित बाँस्कोटाले संगीत भरेका छन्। गीतका प्रस्तुतकर्ता हरिशदेव गौतम हुन् । गीतमा रोशनराज गुरुङ ,माण्डवी त्रिपाठी र अञ्जना गुरुङ लगायतको स्वर रहेको छ। दीर्घ गुरुङले खिचेको गीतलाई जीवन थापाले सम्पादन गरेका छन् ।

त्यसैगरेर नेता गौतमले आफ्ना ४३ गीतहरुलाई एकत्रित गरि गीति संग्रह पनि प्रकाशनमा ल्याएका छन्। जसमा सार्वजनिक भएका गीतहरु र हुन बाँकी सबै समावेश गरिएको छ। विशेष त गीतहरु राष्ट्रिय भावहरुले भरिएका शब्दहरुमा बढी रचित छन् ।

प्रकाशन मिति–२०७७ साल भाद्र १२ गते शुक्रवार ।