काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा नेताहरुको वरियता हेरफेर भएको छ। आइतबार बसेको सचिवालय बैठकले अध्यक्षद्वयपछिको वरियतामा वरिष्ठ नेता झलनाथ खनाललाई राख्ने निर्णय गरेको हो।

वरियतामा खनालभन्दा पछाडि वरिष्ठ नेता माधवकुमार नेपाललाई राख्ने निर्णय बैठकले गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले माधवकुमार नेपालको असन्तुष्टि र विरोधका बाबजुद पनि नेता नेपाललाई अर्का नेता खनालभन्दा पछाडि पारिएको छ। नेता नेपालले बैठकमा ‘नोट अफ डिसेन्ट’ लेखेर आफ्नो असन्तुष्टि जनाएर फर्केका छन्।

पार्टी एकता हुँदा वरिष्ठ नेता नेपाललाई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालपछि तेस्रो वरियतामा राखिएको थियो। खनालले आफू विदेश हुँदा एकलौटी ढंगले वरियता तोकेको भन्दै असन्तुष्टि जनाउँदै आएका थिए। खनालकै असन्तुष्टि सम्बोधन गर्ने क्रममा आइतबार नेकपाले नेताहरुको वरियतामा हेरफेर गरेको हो।


प्रकाशन मिति–२०७६ साल भदौं २ गते सोमवार ।