काठमाडौं। समृद्ध नेपाल सुखी नेपालको सार्थक नारा वोकेको नेकपा एमालेको यही मसिर १० देखि १२ गतेसम्म चितवनमा महाधिवेशन हुने भएको छ। नेकपा एमालेको चितवनमा हुन लागेको १० औं राष्ट्रिय महाधिवेशनमा कपडाको ब्यानर र कागजको पोष्टर प्रयोग नगर्ने भएको हो ।

नेकपा एमाले पार्टी प्रचार विभाग प्रमुख योगेश भट्टराईले व्यानर र कागजको पोष्टर महाधिवेशनमा प्रयोग नगर्ने भएको बताएका छन्। ‘कागजको पोष्टर राख्दैनौं, भित्ते लेखन पनि हुँदैन,ु भट्टराईले भने, ‘कपडाको व्यानर पनि प्रयोग हुँदैन।’

भट्टराईले यो महाधिवेशनमा समाजिक सञ्जालको अधिकतम प्रयोग गर्ने जानकारी दिए। महाधिवेशनको प्रचारको लागि ७५३ वटै स्थानीय तहमा गोष्ठी, अन्तरक्रिया, सेमिनारलगायतका कार्यक्रम दिनहुँजसो गर्ने हुने बताए।

भट्टराईका अनुसार मंसिर ७ गते सम्पूर्ण जिल्ला, नगरमा मोटरसाइकल र्‍याली गरिनेछ। प्रत्येक वडा कमिटीदेखि जनवर्गीय संगठनले स्वागतद्वार निर्माण गर्नेछ । नेकपा एमालेको ६७४३ वडा कमिटी छन्।

यसैवीच नेकपा एमाले महाधिवेशनमा प्रयोग हुने लोगो सार्वजनिक गरेको छ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले तुलसीलाल स्मृति भवन च्यासलमा पत्रकार सम्मेलनमा लोगो सार्वजनिक गरेका हुन्।

एकसिंगे गैंडाको मस्कटसहितको लोगो तयार पारेको हो । लोगोमा गैंडाको मस्कटले कम्युनिष्ट पार्टीको झण्डा उचालेको छ। पार्टीका स्थायी समिति सदस्य विष्णु रिमालले पार्टीको नारासहित जिंगल सार्वजनिक गरेका छन्।

प्रकाशन मिति–२०७८ साल कात्तिक २६ गते शुक्रवार ।