Late Durga Tiwari
Late Durga Tiwari

काठमाडौ। नेकपा एमाले निकट युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या भएको छ। रुपन्देहीको देवदह नगरपालिका ढेकाबार कोलियामा मोटरसाइकलमा सवार दुई अज्ञात व्यक्तिले तिवारी माथि सोमवार गोली प्रहार भएको हो।

अपरान्ह करिब ३.३० बजेतिर गोली लागी गंभीर घाइते बनेका तिवारीको देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको रुपन्देही प्रहरीले जनाएको छ। तिवारीमाथि गतवर्ष पनि गोली प्रहार भएको थियो।

गोली हान्ने व्यक्तिको भने पहिचान खुलेको छैन। इलाका प्रहरी कार्यालयका डिएसपी मुकुन्द मरासीनीले प्रहरी घटनास्थलमा पुगी अनुसन्धान थालिएको बताए।

हत्याकाे विराेधमा यूवा संघ रुपन्देही लगायत विद्यार्थीहरुले बुटवल र भैरहवामा साँझ ६ बजेदेखि चक्काजाम गरेकाे छ। चक्काजामका कारण पूर्व–पश्चिम राजमार्ग तथा सिद्धार्थ राजमार्ग ठप्प भएका छन् ।
प्रकाशन मिति–२०७३ साल पुष ४ गते सोमवार ।