काठमाडौं। विगत पच्चीस वर्षदेखि निरन्तर फोटोग्राफी गर्दैआएका ख्यातिप्राप्त फोटोग्राफर च्याङ्बा लामाका फोटोग्राफीमा एक से एक नेता देखि अभिनेतासम्म झुम्मिने गरेका छन्।

च्याङ्बाका मनमोहक फोटोग्राफीमा बेग्लै जादू रहेको बर्तमान प्रधानमन्त्री केपी शर्मा ओली देखि अर्गानिक गायिका पूजा सुनुवारसम्मको भनाई छ। एक्सन हिरोइन शर्मिला श्रेष्ठ त च्याङ्बाको फोटोग्राफीको तारिफ गरेर थाक्दिनन्।

त्यसको अलावा विगत १२ बर्षदेखि फोटो फ्रेमिङमा पनि हात हालेका च्याङ्बाले यसमा पनि सफलता हासिल गरेका छन्। सीबी माउण्ट एण्ड फ्रेमिङ सेन्टर मार्फत विश्व विख्यात चित्ताकर्षक फ्रेमिङहरुको नेपाललाई आत्म निर्भर गर्ने कार्य च्याङ्बावाटै भएको छ।

 

एक से एक चित्ताकर्षक फ्रेमहरु च्याङ्बाकै सीबी माउण्ट एण्ड फ्रेमिङ सेन्टर, कान्तिपुर इन्टरनेशनल कलेजको अपोजिट गल्ली बुद्धनगर, नयाँ बानेश्वरमा बन्ने गरेको छ।

च्याङ्बा लामाको फोटो तथा फ्रेमिङका संवन्धमा प्रस्तुत छ–भिडियो न्यूज रिपोर्ट–

प्रकाशन मिति–२०७६ साल कात्तिक ११ गते सोमवार ।