काठमाडौं। नेपालको राजधानी काठमाडौं र काठमाडौंको राजधानी भनेर चिनिएको न्यूरोड पिपलवोटले धेरै नेताहरु जन्माएको जिकिर सम्पदाप्रेमी अभियन्ता तथा राजनीतिज्ञ शैलेश शाक्य लगंबरेजुको रहेको छ।

ऐतिहासिक चैत्य रहेको न्यूरोड पिपलवोटमा बसेर धेरैजना नेता बनेको तथा धेरैले यही पिपलवोटमा बसेर राजनीतिक दस्तावेज बनाएर ठूला नेता बनेको दावी गर्ने लगंबरेजु यसलाई तिनै नेताहरुले उपेक्षा गरेको गुनासो गर्छन्। ऐतिहासिक महत्वको मल्लकालिन न्यूरोड पिपलवोटको संरक्षण तथा संवद्र्धनका लागि निर्वाचित जनप्रतिनिधिहरु आउनुअघि आफूले काठमाडौं महानगरपालिका सम्पदा विभागसंग सहयोग मागेर जिर्णेव्दार गर्न लगाएको वताउंछन्।

दिलरत्न शाक्यको अध्यक्षता जिर्णेव्दार समिति गठन गरेर जिर्णेव्दार कार्य सम्पन्न गर्दा अनेक बांधाअड्चन आएको र त्यहाँ पुस्तेनी पसल थापेर वस्नेहरुसंग हात हालाहाल समेत भएको त्यो तितो यथार्थता आफूसंग रहेको लगंबरेजुको भनाई रहेको छ। जिर्णेव्दार अगाडिसम्म त्यही पिपलवोट तल जुत्ता पालिस गर्नेहरुले जुत्ता स्टोरेज गर्ने, पत्रिका पसलेहरुको त्रिपाल राख्ने र दिसा–पिसाव गर्ने जस्ता कार्य भैरहेकोमा त्यसलाई हटाउन आफूहरु सफल भएको वताउने सम्पदाप्रेमी लगंबरेजु अझैपनि न्यूरोड पिपलबोटमा रक्सी खाएर सुतेर बस्ने र त्यहाँ रहेका चैत्य तथा तलेजु मन्दिरमाथि खुट्टा पसारेर बस्नेहरुले पौराणिक सम्पदाको अवहेलना गर्ने कार्य भैरहेको गुनासो पोख्छन्।

त्यस्तो नगर्न र नगराउन गेट वनाएर चाँबी लाउने सिस्टम गर्न खोज्दा पनि टोलवासीकै गुनासोको कारण त्यस्तो गर्न नसकेको पनि लगंबरेजुले भनेका छन्। देउताहरुलाई तालाचाँबी लाएर थुन्न नहुने प्रतिक्रिया आएपछि पछि हटेको वताउने सम्पदाप्रेमी लगंबरेजुले काठमाडौं महानगरपालिका वडा नंबर २२ का वडा अध्यक्ष चीनीकाजी महर्जन निर्वाचित भएर आएपछि न्यूरोड पिपलवोटको पाँच वटा चैत्यको जिर्णेव्दार भएको र पिपलवोटमा आराम गर्न ६ वटा मेच पनि राखिएको जानकारी पनि सम्पदाप्रेमी लगंबरेजुले दिएका छन्।

अझैपनि पिपलवोटको महिमा र गरिमा घट्ने गरेर त्यहाँ अनाधिकृत रुपमा सुतेर बस्ने तथा चैत्यमाथि खुट्टा पसारेर बस्नेहरुलाई कारवाही गर्ने वातावरण तयार गर्न आवश्यक भएको पनि वताएका छन्। ऐतिहासिक महत्वको न्यूरोड पिपलवोटलाई संरक्षण र संवद्र्धन गर्न सवै राजनीतिक पार्टीहरु एक भएर लाग्न अनुरोध समेत गरेका छन्। पिपलवोटले जन्माएका ठूला नेताहरुले ऐतिहासिक पिपलवोटलाई बेवास्ता गर्न नहुने राय पनि लगंबरेजुको रहेको छ।


प्रकाशन मिति–२०७७ साल असोज ३० गते शुक्रवार ।