Laxman Rajbanshiकाठमाडौ। नेवार पहिचान र नेवार मुद्दालाई अगाडि बढाउन अग्रसर राजनीतिक पार्टीको रुपमा चर्चामा आएको नेपाः राष्ट्रिय पार्टीले आफ्नो एक मात्र सांसद लक्ष्मण राजवंशीलाई पार्टीको साधारण सदस्यता समेत नरहने गरी निष्कासित गरेको छ।

बुधवार बसेको पार्टीको केन्द्रिय समितिको बैठकले राजवंशीलाई पार्टीवाट निष्कासन गर्ने सर्वसम्मत निर्णय गरेको नेपाः पार्टीका महासचिव विजयप्रकाश सैंजुव्दारा जारी विज्ञप्तिमा उल्लेख रहेको छ। राजवंशी नेपाः राष्ट्रिय पार्टीको समानुपातिक तर्फवाट सांसद बनेका थिए।

प्रेस विज्ञप्तिमा संसदमा टेबुल गरिएको संविधान संशोधन प्रस्तावका सम्बन्धमा पार्टीबाट लिखित रुपमै दिइएको निर्देशनलाई अवज्ञा गरी नेवाः प्रदेश तथा पहिचानवादी आन्दोलनका विरोधी गठबन्धनमा आवद्ध भई पहिचान विरोधी गतिविधिहरुमा संलग्न भएर पार्टीको नीति, उद्देश्य र सिद्धान्त विपरित कार्य गरेकोले पार्टीको केन्द्रीय समितिको बैठकले उनलाई निष्कासन गर्ने सर्वसम्मत निर्णय गरिएकाे उल्लेख छ।

प्रकाशन मिति–२०७३ साल माघ ६ गते विहीवार ।